इटहरी । झापाको गौरीगंज गाउँपालिकामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
आइतबार बिहान सवा ९ बजे गौरीगंज २ का ३३ वर्षीय महेश राजवंशीलाई आफ्नै घरमा सिटी सफारी चार्ज गर्ने क्रममा बिद्युत् सर्ट भएर करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका राजवंशीलाई तत्काल उपचारको लागी लाइफलाइन अस्पताल दमक लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको हो ।
घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय गौरीगंजबाट थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Discussion about this post