धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका ३ कमुवा खोलाबाट चोरीको चार वटा मोटरसाइकल सहित चोरीमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा धनकुटा साँगुरीगढी ३ का २३ वर्षीय सबिन याक्खा, ३४ वर्षीय सन्त कुमार श्रेष्ठ, २४ वर्षीय अमृत याक्खा र धनकुटा नगरपालिका ४ का १८ वर्षीय आयुस विश्वकर्मा रहेका छन् ।
भाद्र ३० गते सुनसरीको इलाका प्रहरी कार्यालय धरान र प्रहरी चौकी मुलघाट धनकुटाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेका उनीहरूलाई पक्राउ गरेको हो ।
विभिन्न मितिमा चोरी भएको को २६ प ८३७३ ,बा ६७ प २४१७ नम्बरको पल्सर मोटरसाइकल र को २८ प ७४७१, को १७ प ९७१८ नम्बरको स्कुटर सहित उनीहरू पक्राउ परेका हुन् ।
चोरीको मोटरसाइकल र स्कुटर सहित पक्राउ परेका उनीहरूको इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको छ ।
Discussion about this post