काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आज सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
महाशाखाका अुनसार मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस अवस्थित रहेको छ। देशभर मनसुनी वायुको प्रभावसँगै पश्चिम बंगाल र आसपास रहेको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव देखिएको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै कोशी प्रदेशका तराई भू–भाग तथा मधेश प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ भने सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।यस्तै आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तो रहनेछ आगामी २ दिनको मौसमः२०८१ असोज ०२ गते (बुधवार)
दिउँसोː देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली देखि मूख्यतया सफा रहने छ।
देशको पहाडी भु–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागको एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका प्रदेशका तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।रातिː कोशी प्रदेश,बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहने छ। कोशी प्रदेश र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
Discussion about this post