विराटनगर । भारतबाट अवैध रुपमा ल्याइएका विभिन्न नामका औषधि प्रहरीले बरामद गरेको छ । बरामद गरिएको औषधि ८ लाख ५२ हजार रुपैयाँभन्दा बढीको रहेको प्रहरीले जनाएको छ ।
विराटनगर महानगरपालिका १६ बाट प्रहरीले शनिबार राति औषधि बरामद गरेको हो ।
साइकलमा लोड गरी ल्याइएका ग्लोवेन्स जेल, लाइफटिन लगायत औषधि बरामद गरिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीलाई देखेपछि औषधि ल्याउने व्यक्ति फरार भएका थिए ।
Discussion about this post