झापा । अर्जुनधारास्थित एक होटलमा बसेका तीनजना व्यक्ति लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् ।
प्रहरीका अनुसार अर्जुनधारा नगरपालिका ११ स्थित पशुपतिनगर होटल एण्ड लजको कोठमा नम्बर ५ मा बसेका तीनजनालाई पक्राउ गरिएको हो ।
शंकास्पद पाइएपछि जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थ प्लाष्टिक सहित २ ग्राम ७२० मिलिग्राम फेला पारिएको थियो ।
तीनैजनालाई इलाका प्रहरी अनारमनीमा राखेर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
Discussion about this post