विराटनगर । नेकपा (एकीकृत समाजवादी) पार्टीले कोशी प्रदेशका मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मतदान नगर्ने जनाएको छ ।
एकीकृत समाजवादी मतदानमा सहभागी नहुने भएको हो । मुख्यमन्त्रीले विश्वासको मत मागेपछि नेकपा एसको दलका नेता राजेन्द्र राईले पक्ष र विपक्ष दुवैतर्फ नउभिने स्पष्ट पारेका छन् । उनले तटस्थ बस्ने बताए ।
‘खास समर्थन गर्न पर्दैन,… तर पनि यो भन्दा अघि दिएका थियौं । केन्द्रमा गठबन्धन भयो अनि समर्थन गरियोभन्ने तर्क होइन । काम गर्ने समय पनि दिनुपर्ने भएकाले,’ उनले भने,‘ अहिले हामीले पक्षमा हाल्न सक्ने अवस्था रहेन । विपक्षमा पनि हाल्दैनौं । हामी ‘नो भोट’मा जाँदै केही काम अझै पनि हेर्छौं ।’
अहिले एकीकृत समाजवादी साविकको प्रतिपक्षमा जस्तै प्रतिपक्षमा बस्ने राईले बताए । केन्द्रको निर्देशन नभइ प्रदेशले आफ्नै मौलिक निर्णय गर्ने बताउँदै उनले भने, ‘हामी ‘नो भोट’मा जान्छौं ।’
Discussion about this post