इटहरी । मोरङको उर्लाबारीस्थित उर्लाबारी बहुमुखी क्याम्पसमा तालाबन्दी गरिएको छ ।
स्ववियु निर्वाचन कार्यतालिका तथा कार्यक्रम अनुसार आज बिहान ९ बजेसम्म मनोनयन दर्ता हुने समय तोकिएको थियो ।
९ बजेपछि दर्ता गर्न आएको नेबिसंघको टोलीलाई निर्वाचन अधिकृतले समय अवधि सकिएकोले दर्ता गर्न नमिल्ने भनेका थिए ।
त्यसपछि संघका विद्यार्थीहरुले निर्वाचन अधिकृतको कार्यालयको चेन गेटमा तालाबन्दी गरेका हुन् ।
विद्यार्थीले लगाएको ताला क्याम्पस व्यवस्थापनका तर्फबाट खोलिएको थियो ।
Discussion about this post