काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दैछ।
बैठक केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसाे १ बजे बस्ने प्रवक्ता माेहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार राष्ट्रपति निर्वाचनका बारेमा निर्णय गर्न बैठक बाेलाइएकाे हाे।
यसैगरी, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ।
राप्रपा फागुन १३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएकाे थियाे।
राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पाैडेल उम्मेदवार रहेका छन् भने नेकपा एमालेबाट उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहेका छन्।
Discussion about this post