इटहरी । आज अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा विश्वभर विविध कार्यक्रम गरिएको छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ । इटहरी, विराटनगर, झापालगायत कोशी प्रदेशका विभिन्न स्थानमा महिला हक अधिकारका बारे छलफल गरी नारी दिवसर मनाइएको छ ।
यो दिनलाई महिलालाई महिला भएकोमा लाज होइन गर्व गर्नु पर्छ भन्ने कुरालाई स्थापित गर्न महत्त्वपूर्ण भूमिका खेलेका महिलाको योगदानको कदर गर्ने दिनका रुपमा पनि लिइन्छ ।
अन्तर्राष्ट्रिय नारी दिवसको अवधारणा अमेरिकाको सोसिअलिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा घोषणा गरेको राष्ट्रिय महिला दिवसबाट प्रभावित भएको हो ।
Discussion about this post