काठमाडौँ । नेपाल–भारत मैत्री सङ्घले बाढी–पहिरोपीडितका लागि राहत हस्तान्तरण गरेको छ ।
बिहीबार सङ्घले नेपाल चिकित्सक सङ्घमार्फत पीडितलाई सङ्घको केन्द्रीय कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर राहत हस्तान्तरण गरेको हो ।
राहत हस्तान्तरण पछि नेपाल–भारत मैत्री सङ्घका केन्द्रीय महासचिव बोहोतकृष्ण सुवेदीले देश अहिले विपत्तिका कारण क्षतविक्षत भई चपेटामा परेको अवस्थामा आफूहरूले चिकित्सक सङ्घमार्फत एउटा सानो सहयोग पीडितसम्म पु¥याउनलाई पहल गरेको जानकारी दिए ।
उनले भने,‘देशमा अहिले बाढी पहिरोबाट क्षतविक्षत भएको छ । देश चपेटामा परेको छ । यस्तो अवस्थामा हामीले नेपाल चिकित्सक सङ्घमार्फत एउटा सानो सहयोग पीडित जनतासम्म पु¥याउनलाई एउटा पहल गरेका छौँ ।’
त्यस्तै चिकित्सक सङ्घका अध्यक्ष डा।अनिल विक्रम कार्कीले नेपाल–भारतमैत्री सङ्घले हस्तान्तरण गरेको राहत स्वास्थ्य सेवासँगै जोडेर पीडितलाई उपलब्ध गराउने जानकारी गराए ।
उनले भने,‘अहिले पीडितलाई सहयोग गर्ने उद्देश्यले जुन राहत हस्तान्तरण गर्नुभएको छ । स्वास्थ्य सेवा सँगसँगै जोडेर वितरण गर्नेछौँ । आगामी दिनमा पनि नेपाल–भारत मैत्री सङ्घको सहकार्य निरन्तर रहने छ भन्ने विश्वास व्यक्त गर्न चाहन्छु ।’
Discussion about this post