बेलबारी । मोरङको बेलबारी १ नक्सालबारीमा एक ब्यत्तिले कुटपिट गरि आफनै पत्नीको हत्या गरेका छन ।
बिहिबार मध्यान्ह करिब १२ बजेको समयमा नक्सालबारी बस्ने बर्ष अन्दाजी ५७ को हेमकर्ण महतले निजकी श्रीमती बर्ष अन्दाजी ५३ कि देबि महतलाई कुटपिट गरि हत्या गरेको जिल्ला प्रहरी कार्यलय मोरङले जानकारी दिएको छ ।
के कुन कारण के कुन बस्तुले टाउँकोमा प्रहार गरी मृत अबस्थामा रहेको भनि स्थानियले देखेर तत्काल ईलाका प्रहरी कार्यलय बेलबारीमा जानकारी गराउन साथ ईप्रका बेलबारी बाट टोली खटि गई थप बुझ्ने कार्य भईरहेको र श्रीमान फरार रहेको प्रहरीले जनाएको छ ।
Discussion about this post