इटहरी । एकीकृत सरकारी कर्मचारी संगठन नेपालको प्रथम कोशी प्रदेश अधिवेशनबाट हरि सुबेदी सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् ।
इटहरीको त्रियुगा होटलमा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा निलकमल निरौला, सरिता राई र योगेश्वर खनाल निर्वाचित भए ।
सचिवमा एमकुमार थापा, कोषाध्यक्षमा जीबन बस्नेत, सहसचिब युवराज पौडेल, जानुका सुबेदी ,जानकीबल्लभ अधिकारी चुनिए ।
सदस्यमा फणिन्द्र तिमसिना, ज्ञानबहादुर राई, बाबुराम आचार्य लगायत २९ जना रहेको नवनिर्वाचित अध्यक्ष सुबेदीले बताए ।
अधिवेशनमा अग्रज संगठकहरु झापाबाट मदनप्रसाद खतिवडा, संखुवासभाबाट प्रेम श्रेष्ठ, इलामबाट नारायणप्रसाद अधिकारी, मोरङबाट मुकुन्दप्रसाद पराजुली, उदयपुरबाट देबराज कोइराला, सुनसरीबाट परमानन्द पौडेल, धनकुटाबाट लावण्य पोखे्रल, पाँचथरबाट खड्ग बोहोरालगायत २० जनालाई दोसल्ला ओढाएर अभिनन्दन पत्र प्रदान गरी सम्मान गरिएको थियो ।
कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा एकीकृत समाजबादीका पोलिटब्युरो सदस्य धर्मराज निरौला, एकीकृत सरकारी कर्मचारी संगठनका पुर्ब केन्द्रीय अध्यक्ष मोहनकुमार घिमिरे लगायतले बोलेका थिए ।
कार्यक्रम संगठनका सचिवालय सदस्य एवम कोशी प्रदेश संयोजक भुवन राईको सभापतित्वमा सम्पन्न भएको थियो । प्रदेश अधिबेशनमा कोशी प्रदेशका १४ जिल्लाबाट आएका संगठनका कर्मचारीको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ।
काठमाडौमा भोलि फागुन २६ र २७ हुने पहिलो राष्ट्रिय अधिवेशनका लागि कोशी प्रदेशबाट प्रतिनिधि तथा पर्यवेक्षकहरु पुगिसकेको संगठनका सचिवालय सदस्य एवं प्रशिक्षण विभाग प्रमुख प्रकाश राइले बताए ।
Discussion about this post