इटहरी । मोरङको बेलबारी नगरपालिका १ नक्सालबारीका ५७ वर्षीय हेमकर्ण महतले आफ्नै पत्नी ५३ वर्षीया देवी महतलाई कुटपिट गरी हत्या गरेका छन् ।
प्रहरीका अनुसार उनले कुनै बस्तुले पत्नीको टाउकामा ्रहार गरेका थिए ।
घटनाबारे स्थानीय बासिन्दाले खबर गरेपछि इलाका प्रहरी बेलबारीको टोली पुगेको थियो ।
प्रहरी निरीक्षणको नेतत्वमा गएको टोलीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान गरेको थियो ।
घटनालगत्तै हेमकर्ण फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post