झापा । झापाको मेचीनगर नगरपालिका ४ मा रुखबाट घाँस झार्ने क्रममा करेन्ट लाग्दा बुधबार एकजनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय ४५ वर्षीय पुष्टबहादुर कडरियाले घरभन्दा ५ सय मिटर पर रहेको काभराको रुखमा चढेर घाँस झार्न खोज्दै थिए ।
त्यस क्रममा रुखैनजिकबाट टाँगिएको बिजुलीको तारबाट करेन्ट लागेर उनी जमिनमा पछारिएका थिए ।
सिकिस्त अवस्थामा उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको थियो ।
त्यहाँ पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
Discussion about this post