विराटनगर । वडाध्यक्षलाई हातपात गरेको आरोपमा प्रहरीले मोरङको रंगेलीमा एकजनालाई पक्राउ गरेको छ ।
रंगेली नगरपालिका ७ रंगेली बजारमा स्थानीय लीला खरेलले मादक पदार्थ सेवन गरी वडाअध्यक्ष वर्ष ५० वर्षीय रामचन्द्र मण्डललाई हातपात गरेकामा प्रहरीले पक्राउ गरेको हो ।
सामान्य विषयमा वादविवाद भइरहेका बेला उनले वडाध्यक्षलाई हातपात गरेको प्रहरीले जनाएको छ ।
खरेललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
Discussion about this post