झापा । एक हजार र पाँचसय दरका नक्कली नोट र नोट छाप्न प्रयोग गरिएको दुई थान प्रिन्टरर्स सहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनीले एक हजार दरका ६० थान काटेका नोट त्यस्तै एक हजार दरकै २८ थान नकाटेका नोट र पाँचसय दरका नकाटेका दुई थान नकाटेका नोट दुई जनालाई वुधवार साँझ नियन्त्रणमा लिएको थियो ।
त्यस्तै एक सय दरका अष्ट्रेटियन तीन थान नक्कली नोट र अन्य देशका ११ थान नोट सहित बिर्तामोड ४ मेघावारीका २४ वर्षीय सुवास ताजपुरिया र उनकै भाई १९ वर्षीय प्रवीण ताजपुरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।
उनीहरुका साथबाट चार थान मोबाइल र मे ५ प ९७९७ नम्बरको मोटरसाइकल समेत बरामद भएको बताइएको छ ।
लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरी टोलीले बुधवार बेलुका साढे ५ बजे उनीहरुलाई खैरो हिरोइन जस्तो देखिने ४ ग्राम ३९० मिलिग्राम लिसाईलो पदार्थ, २८ पिस नाइट्राजेपाम ट्याब्लेट सहित घरैबाट नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक रिजालले बताए ।
पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान गर्दा उनीहरुले बिर्तामोडका दुई वटा कम्युनिकेशनबाट नक्कली नोट बनाएको खुलेसंगै बिहीवार कम्युनिकेशन सञ्चालन गर्दै आएका २२ वर्षीय अंकित कार्की र ३५ वर्षीय मन्दिप ढुङ्गानालाई समेत नियन्त्रणमा लिइएको इलाका प्रहरी अनारमनीका प्रहरी नायव उपरीक्षक सुरज कार्कीले बताए ।
उनका अनुसार बिर्तामोड नगरपालिका ४ बिर्ताबजारमा अंकितले सञ्चालन गरेको एके कम्युनिकेशन र मन्दिपले सञ्चालन गरेको युनिक कम्युनिकेशनबाट प्रिन्टर्स सहित उनीहरुलाई आज नियन्त्रणमा लिइएको हो ।
नक्कली नोट छाप्न प्रयोग गरिएका रंगिन प्रिन्टरर्स सहित उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
Discussion about this post