ऐतिहासिक तामाङ थाकथलो ‘किपट’ को कथामा निर्माण भएको चलचित्र ‘अभियान’को बिशेष शो धरानमा गरिने भएको छ । यसअघी भदौ १८ गते इटहरी, भदौ २५ गते तरहरा र असोज १० गते काठमाडौको जमलमा चलचित्र देखाइएको थियो ।
कोशी भिजन फिल्मस इटहरीको प्रस्तुती रहेको चलचित्र ‘अभियान’ धरानमा मङ्सिर १७ गते शनिबार देखाउन लागिएको हो । धरानको गणेश टाकिजमा प्रदर्शन गरिन लागेको चलचित्रका लेखक तथा निर्देशक लाखमान योन्जनले जानकारी दिए । बिशेष प्रदर्शनीको लागी स्थानियमा नेपाल तमाङ घेदुङ संघ धरान स्थानिय संयोजक रहेको छ ।
संघले धरानमा रहेका बिशेष तामाङ जातीहरुको बिचमा चलचित्र शो गर्ने योजन बनाए अनुसार प्रदर्शन गर्न लागिएको निर्देशक योन्जनले जानकारी दिए । ‘अभियान’ चलचित्रमा तामाङहरुको पहिचान सहितको संघीयताको मुद्दालाई जोडदार उठ्ठान गरिएको छ ।
चलचित्रमा मा स्व अभिनेता जयनन्द लामा, दावा फिन्जो तामाङ, अमर पाख्रिन, रितेश जंग खत्री , श्याम माया तामाङ, रश्मिला वाइबा तामाङ, दिनेश कोइराला, मदन राई, सम्भु योन्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
Discussion about this post