धरानमा आमा समूहका पदाधिकारीको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४२ वर्षीय उषा राई रहेकी छन् । धरानका एक व्यक्तिसँग अवैध सम्बन्ध राखेको भन्दै जनजागृत आमा समूहका पदाधिकारीले राईलाई कुटपिट गरेका थिए ।
कुटपिटबाट गम्भीर घाइते बनेकी राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
आमा समूहका पदाधिकारीले गरेको कुटपिटबाट राईको निधन भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरीका प्रहरी प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिए ।
घटनामा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
Discussion about this post