बेलबारी । लघुबित्त,सहकारी र बैँकका नामका नव सामन्तहरु बजारमा छयाप्छयाप्ती भएको र ति नव सामान्तहरु नेताहरुले उत्पादन गरेको र जनता लुटन पठाएको संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा ‘नागरिक बचाऊ महाअभियान’ का संयोजक दुर्गा प्रसाईले आरोप लगाएका छन ।
बुधबार दिउँसो बेलबारी ३ स्थित पश्चिम बस स्टेण्ड छेउमा आयोजित कार्यक्रममा प्रमुख बत्ताका रुपमा रहेका उनले सोझासिधा जनता लुटने र घरबारबिहिन बनाउने बैँक,सहकारी र लघुबित्तहरु सबै पार्टीका नेताहरुले उत्पादन गरेको बताए । हरेक घरमा झगडा,कलह र ड्रिप्रेशनको शिकार बनेका नेपाली जनताहरु पार्टीका नेताबाट आर्जित भएको समेत उनले बताए ।
ऋण र्तिन नसकेर १५ सय बढीले आत्महत्या गरेको,सयौ घरवारबिहिन भएको र हजारौ बिदेश पलायन भएको भन्दै उनले सरकार निकम्मा रहको आरोप लगाए । लिएको ऋण तिर्ने तर चर्को ब्याज आतंक बन्द गर्नुपर्ने उनले बताए । जनताको पक्षमा नबोल्ने र केही काम नगर्ने हो भने बरु सरकार चलाउन नसके सरकार छोड्न समेत उनले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई सुझाब दिए । ऋण तिर्न नसकेर सुसाईड नोट लेखेर आत्महत्या गर्नेको संख्या बढेको र त्यो कुरा बाहिर आउने डरले सुसाईड नोट प्रहरीले कब्जा गरेर राखेको समेत उनले आरोप लगाए ।
नेपालमा लुटेर खाने कम्युनिष्टको उदय भएको र आफुलाई त्यस्तो कम्युनिष्ट बन्ने रहर नभएका कारण आफुले नेकपा एमालेको केन्द्रिय सदस्य छोडेको उनले बताए । अधिकांश समय एमाले,काँग्रेस र माओबादीका नेताहरुलाई गाली गर्न खर्च गरेका उनले आफुले हजुरबुबा भनेर सम्बोधन गर्ने एमालेका अध्यक्ष केपी शर्मा ओली देश र जनताका लागि काम भन्दा पनि पब्जी खेलेर समय बिताउने गरेको आरोप लगाए । ७० हजार कार्यकर्ता एमालेमा प्रवेश गराएको दाबी गर्दै उनले कम्युनिष्टको खोल ओढेर गरिबमारा नेताहरु मोटाएको भन्दै आक्रोश पोखे ।
दिनप्रतिदिन नेपालको स्थिति भयावह बनेको र नेपाल श्रीलंका भईससेको भन्दै अझ अबस्था गम्भिर बन्ने उनले बताए । नेपाली सबै डिप्रेसन,प्रेसर सुगरको बिरामी भएको युवाजति बिदेश पलायन भएको भन्दै यस्लाई रोक्न सरकार असफल रहेको भन्दै उनले आक्रोश पोखे ।
पार्टीका नेताहरुको काम भनेको हनुमान बनाउने र झोला बोकाउने रहेको तर आफुले त्यस्तो गर्न नमान्दा बौलयो भन्ने गरेको, अराजक र ठग भन्ने गरेको समेत उनले सुनाए । सरकारले आफनो अभियान सँग डराएर पक्राउ गर्न निर्देशन गरेको तर आफु त्यसबाट अलिकति पनि बिचलित नहुने उनले बताए ।
कार्यक्रमका लागि कसैसँग सहयोग नलिएको र नलिने पनि उनले बताए । सकेसम्म देश र जनताका लागि काम गर्ने,नसकेको दिन खप्तडमा गएर बस्ने समेत उनले बताए । सुख सुबिधा सबै छोडेर,जनता जताततै रुएको हेर्न नसकेपछि अभियानमा निस्किएको उनले बताए । एमसीसी पास गराएर मुलुकलाई नोतहरुले बर्बाद पारेको समेत उनले बताए । झापाका धर्मप्रसाद ढकाल र उनका छोरालाई सामान्ती र शोषक भन्दै आफना हत्या गर्ने कम्युनिष्टका नेताहरु अहिले पब्जी खेलेर बस्ने गरेको र सत्तालिप्सामा लागेको उनले बताए ।
कर्यक्रममा उपस्थित दर्जनौ ब्यत्तिहरुले उनको अभियानमा सहभागी हुने प्रतिबद्धता जनाउँदै उनको पक्षमा नाराबाजी समेत गरेका थिए । कार्यक्रममा महाअभियानमा सहभागी सतिष पोख्रेल,रमा सिंह लगायतका बत्ताहरुले समेत बोलेका थिए । कार्यक्रम अभियानकर्मी खेम गौतमको अध्यक्षतामा भएको थियो
Discussion about this post