बेलबारी । कोशी प्रदेश खारेजीको माग सहितको आन्दोलनमा घाईते भई मृत्युवरण गरेका बेलबारी २ का पदम लिम्बू (लाजेहाङ) को परिवारलाई राहत हस्तान्तरण गरिएको छ ।
प्रदेश नंम्बर १ पुन नामाङ्कन संयुक्त संघर्ष समितिले लिम्बुको परिवारलाई शनिवार बेलबारी स्थित घरमा पुगी राहत स्वरूप १ लाख ५० हजार रुपैयाँ हस्तान्तरण गरेको हो । संघर्ष समितिको घटक संस्था किरात याक्थुङ चुम्लुङका संघिय अध्यक्ष प्रेम येक्तेनले परिवारका सदस्यलाई राहत रकम हस्तान्तरण गरे । उनले पहिचानको आन्दोलनमा साहदत्त प्राप्त गरेका लाजेहाङलाई राज्यले सहिद घोषणा गर्नु पर्ने बत्ताए। लाजेहाङले पहिचानको आन्दोलनमा दिनु भएको योगदानको सदैव उच्च मूल्याङ्कन हुने समेत उनले बताए ।
कोशी प्रदेश नाम खारेजीको माग गर्दै गत चैत्र ५ गते विराटनगरमा भएको जनप्रदर्शनको बेला घाइते भएका लाजेहाङको उपचारका क्रममा १० गते बिहान धरानमा मृत्यु भएको थियो । उनी संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्चको सचिवालय सदस्य तथा लिम्बुवान भोलेन्टियर्स (एलभी) को केन्द्रीय सह कमाण्डर रहेका थिए ।
Discussion about this post