अमेरिकी राष्ट्रपति जो बाइडनले आँधीबाट प्रभावित भएको राज्य मिसिसिपीमा आपातकाल घोषणा गरेका छन् ।
आँधीका कारण मिसिसिपीमा २५ जना र अलाबामामा १ जनाको ज्यान गएसँगै उनले आइतबार त्यस राज्यभर आपातकाल घोषणा गरेका हुन् ।
त्यस्तै राष्ट्रपति बाइडेनले मिसिसिपी र अलाबामाका आँधी प्रभावित क्षेत्रमा राहत/उद्धार सहायता तत्काल प्रधान गर्न संघलाई आदेशसमेत दिएका छन् ।
शनिबार अमेरिकाको मिसिसिपी राज्य हुँदै अघि बढेको आँधीका कारण त्यहाँ मृत्यु हुनेको संख्या २६ पुगेको छ ।
शक्तिशाली आँधीका कारण सयौँ भवन क्षतिग्रस्त भएका छन् ।
Discussion about this post