बिर्तामोड । फुटसल खेलको प्रवर्द्धन तथा खेलाडी उत्पादन गर्ने उद्देश्यले बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा वडास्तरीय फुटसल प्रतियोगिता हुने भएको छ ।
नगर खेलकूद समितिले सोमवार बिर्तामोडमा पत्रकार सम्मेलन गरी चैत १७ र १८ गते वडा स्तरीय फुटसल प्रतियोगिता गर्ने जानकारी दिएको हो ।
बिर्तामोड नगरका १० वटै वडाका टिमहरु सहभागी रहने फुटसल प्रतियोगिता बिर्तामोड–१ स्थित एक्सुलेटमा हुने बिर्तामोड नगर खेलकूद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।
४० मिनेटको प्रतियोगितामा बिजेता टिमलाई ५० हजार र उपबिजेता टिमलाई नगद २५ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष गिरीले बताए ।
त्यस्तै म्यान अफ द म्याचका ९ जनालाई जनही २ हजार एकसय स्पैयाँ नगद पुरस्कारसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने नगर खेलकूद विकास समितिका सदस्य सुदिप खवासले जाकारी दिए । त्यस्तै बेष्ट प्लेयरलाई नगद ५ हजार रुपैयाँसहित मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
बिहान ११ बजेदेखि शुरु हुने प्रतियोगिताको उद्घाटन बिर्तामोड नगर प्रमुख पवित्रा महतरा प्रसाईले गर्ने बताइएको छ । वडाले खेलाडीहरु सिफारिस गर्ने बताउँदै अध्यक्ष गिरीले प्रतियोगिता सम्पन्न गर्न अनुमानित ३ लाख रुपैयाँ खर्च हुने बताएका छन् ।
कार्यक्रमको सञ्चालन नगर खेलकूद समितिका सदस्य बिशाल अग्रवालले गरेका थिए ।
Discussion about this post