फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा घानालाई हराएपनि उरुग्वे नकआउट चरणमा प्रवेश गर्न सकेन । घानामाथि २(० को जित हासिल गरेपनि उरुग्वे गोलअन्तरमा कोरियाभन्दा पछि रहेर समूह चरणबाट बाहिरिएको हो ।
समूह ई को अन्तिम खेलमा पोर्चुगलमाथि २(१ को जित दर्ता गर्दै कोरिया उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गर्यो । पोर्चुगल हार बेहोरे पनि समूह विजेता बन्यो । मुख्य खेलाडी विश्राम दिएको पोर्चुगलले पहिलो हाफमा अग्रता लिएपनि त्यसलाई दोस्रो हाफसम्म लग्न सकेन । पोर्चुगलको हार अन्तत लुइस स्वारेजको देश उरुग्वेलाई महंगो पर्न गयो ।
खेलको पाँचौ मिनेटमा पोर्चुगलले अग्रता लियो । डिअोगो डालोटको कटब्याकलाई रिकार्डो होर्टाले ६ यार्ड बक्स नजिकबाट सुन्दर फिनिस गरे । २७ अौं मिनेटमा दक्षिण कोरियाले बराबरी गोल फर्कायो । कर्नरमा क्लियर हुन नसकेको बललाई किम युङ(ग्वनले गोलमा परिणत गरे । ६ यार्ड बक्स भित्रबाट उनले गोल गरेका थिए ।
यता उरुग्वेले ५ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा पकड जमाएको थियो तर तिजासँगै पोर्चुगल समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गर्यो । पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४(४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया उपविजेता बन्दै अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।
Discussion about this post