फिफा विश्वकप कतार २०२२ अन्तर्गत समूह चरणको सम्पूर्ण खेल समाप्त भएसँगै नकआउट चरणको समीकरण सुरु हुदै छ । गय राती ब्राजिल तथा क्यामरुन रसर्बिया तथा स्विटजरल्यान्ड बिचको खेल सकिएुँगै समूह चरणको सम्पूर्ण खेल समाप्त भएका हुन् । क्यामरुन सँग पराजित भए पनि ब्राजिल समूह बिजेता बन्दै अीनतम १६ मा पुगेको हो भने सर्बियालाई हराउँदै स्विटजरल्यान्ड नकआउट चरणमा प्रवेश गरेको हो ।
ब्राजिल रस्विटजरल्यान्डसँगैअर्जेन्टिना,इंग्ल्यान्ड,दरल्यान्ड्स,क्रोएसिया,अमेरिका,अष्ट्रेलिया,पोल्यान्ड,कोरिया, फ्रान्स,जापान,पोर्चुगल,मोरक्को,स्पेन,सेनेगल नकआउट चरणमा प्रवेश गरेका छन् ।
यस्तो हुने छ नकआउट चरण
अब अन्तिम १६ मा नेदरल्यान्ड्सले अमेरिकासँग खेल्नेछ । इंग्ल्यान्डले सेनेगलको सामना गर्दा अर्जेन्टिना र अष्ट्रेलिया भिड्नेछन् । पोल्यान्डले फ्रान्सको सामना गर्नेछ भने क्रोएसियाले जापानविरुद्ध खेल्नेछ ।
स्पेनले मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । क्वाटरफाइनलमा पुग्न ब्राजिलले दक्षिण कोरियासँग खेल्नेछ । त्यस्तै अन्तिम १६ मा पोर्चुगलले स्विटजरल्यान्डको सामना गर्नेछ ।
आज हुने नकआउट चरणको पहिलो खेलमा नेदरल्यान्ड्सले अमेरिकासँग प्रतिस्पर्धा गर्दै छ । कलिफा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने नेदरल्यान्ड्स र अमेरिकाबीचको खेल नेपाली समय अनुसार ८ः४५ मा सुरु हुनेछ । नेदरल्यान्ड्स समूह ‘ए’ को विजेता बन्दै अन्तिम १६ पुगेको थियो भने अमेरिका समूह ‘बी’ को उप–विजेता बन्दै नकआउट चरणमा पुगेको थियो ।
आज हुने अर्को खेलमा उपाधि दावेदार अर्जेन्टिनाले अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्नेछ । अर्जेन्टिना र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ मा सुरु हुनेछ ।
Discussion about this post