विराटनगर । झापाको दमक नगरपालिका २ डाकिनी खोलामा एक व्यक्ति बिहीबार मृत फेला परेका छन् ।
मोटरसाइकलसहित खोलामा डुबेको अवस्थामा मानिस देखिएको भन्ने जानकारी आएपछि पुगेको प्रहरी टोलीले एकजना पुरुषलाई मृत अवस्थामा फेला पारेको हो ।
उनको पहिचान खुलेको छैन । इलाका प्रहरी कार्यालय दमकको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post