सुनसरी । सुनसरीको इटहरी–१६ स्थित गोर्खा गौशाला कृषि फर्मका इन्चार्ज ५६ वर्षीय खेमध्वन मल्ल मृत भेटिएका छन् ।
धनकुटा घर भएका उनको इटहरी–१६ स्थित भित्री सडकको छेउमा को२६प ७१३४ नम्बरको मोटरसाइकल रोकेको अवस्थामा भेटिएको थियो ।
मोटरसाइकल राखेको ठाउँबाट करिब १५ मिटर पर मल्ललाई मृत अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय पकलीको टोलीले घटनास्थलको प्रक्रिया पूरा गरी शव धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको जनाएको छ ।
के कारणले उनको मृत्यु भएको हो भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post