इलाम । इलाम कारागारबाट फरार भएका एक थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार साँझ कारागारमा गणना गर्दा नभेटिएका थुनुवा मेचीनगर नगरपालिका–३ बाहुनडाँगीका ३४ वर्षीय साइला भनिने मनराज राईलाई शुक्रबार साँझ नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
कारागारको सुरक्षा घेरा सहितको पर्खाल नाघेर भागेका राईलाई इलाम नगरपालिका १० स्थित माईखोला किनारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए ।
थुनुवा अवस्थामा नै भाग्ने कैदीलाई थप डेढी सजाय हुने ब्यवस्था अनुसार राईलाई समेत सोही सजाय हुने बताइएको छ । कारागार ऐनअनुसार थप डेढी सजाय हुने प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेलले बताए ।
डकैती मुद्दामा राई २०७९ असोज ९ मा पक्राउ परी २०७९ कात्तिक १५ मा पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रदिप सुवेदीले जानकारी दिए ।
Discussion about this post