बागलुङ । राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले राष्ट्र संचालकहरूको लापर्बाही र गलत नीतिले गणतन्त्र कमजोर भएको बताएका छन् ।
अध्यक्ष केसीले राजनीतिक दलहरु विदेशीको इशारामा चल्दा देश कंगाल बन्न लागेको आरोपसमेत लगाए । उत्पादन बढाएर आत्मनिर्भर अर्थतन्त्र बनाउन नसकेसम्म गणतन्त्र र लोकतन्त्र कमजोर भइरहने उनको भनाइ थियो ।
बागलुङको जैमिनी नगरपालिकाले आयोजना गरेको विज्ञ सम्मेलनको उद्घाटन गर्दै केसीले स्वदेशी उत्पादनलाई विस्थापित गरेर आयातित सामानमा रमाउने नीतिले देशको आर्थिक स्थिति धरासायी भएको बताए ।
‘विषादी हालेको तरकारी ल्याएर खाने, गाउँका किसानले उत्पादन गरेको तरकारी फाल्ने प्रवृत्तिले हामी कंगाल बन्दैछौं,’ उनले भने, ‘सत्ताका लागि हुने छिनाझम्टी र चाकरीले नेपाली किसान मर्दैछन् ।’ उनले विदेशी शक्तिको चाकरी गर्न नेपाली किसानको उत्पादन बिक्री नभएको पनि बताएका थिए ।
Discussion about this post