इटहरी । तेह्रथुमको लालीगुराँस नगरपालिका ७ च्याक्चेमा करेन्ट लागेर ४२ वर्षीय यामबहादुर लिम्बुको आइतबार अपराह्न मृत्यु भएको छ ।
सोही वडाको लसुने बजारस्थित दुर्गा तामाङको घर निर्माणको क्रममा नजिकै रहेको बिजुलीको पोलमा फलामको झम्पल ठोक्किएपछि लिम्बुलाई करेन्ट लागेको थियो ।
करेन्ट लागेका लिम्बुको घटनास्थलमै मृत्यु भएको लसुने प्रहरीले जनाएको छ । मृतक लिम्बुको शव प्राथमिक स्वास्थ्य केन्द्र बसन्तपुरमा राखिएको छ ।
Discussion about this post