ईटहरी । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिले सञ्चालन गरेको आन्दोलनमा क्रियाशील इटहरीका दिपराज राईलाई इटहरी प्रहरीले पक्राउ गरेको छ ।
आन्दोलनका प्रमुख घटक किरात याक्थुङ चुम्लुङ केन्द्रीय सदस्य विक्रम तुम्बाहाङफेका अनुसार राईलाई साँझ ७ बजे तिर घरबाटै प्रहरीले पक्राउ गरेर लगेको जानकारी पाएको बताए ।
दिपराज राई किरात राई यायोक्खा इटहरी नगर समिति सदस्य हुन् । उनी वडा कार्यालय तालाबन्दी अभियानमा इटहरी १, १९ र २० मा क्रियाशील थिए । वडा २० मा भएको सामान्य घट्नाको निहुँमा उनलाई पक्राउ गरिएको आशङ्का रहेको तुम्बाहाङफेले बताए ।
Discussion about this post