बिराटनगर । लघुवित्तीय संस्थाद्धारा लगाइएको ऋण मिनाहको माग गर्दै पीडितहरुले मोरङमा प्रदर्शन गरेका छन् । लघुवित्तीय संस्था खारेजीको माग गर्दै आएका पीडितहरुले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार धर्ना दिदैं ऋण मिनाहको माग गरेका हुन्। लुघवित्तीय संस्थाविरुद्धको संघर्ष समिति मोरङ संयोजक किशोर खवासले नव सामन्तीका रुपमा स्थापित लघुवित्तीय संस्था खारेज हुनुपर्ने बताउँछन्।
लघुवित्तीय संस्थाहरुले अनुत्पादित क्षेत्रमा लगानी गरेको आरोप लगाएका संयोजक खवासले वित्तीय संस्थाहरु नाफा कमाउने उद्धेश्यसहित सदस्यहरुले ऋणको भारी बोकाउदै आएको बताए । उनका अनुसार नयाँ खुलेका लघुवित्तमा समस्या नदेखिएपछि २० देखि २२ वर्ष पुराना लघुवित्तले अधिक समस्या उत्पन्न गराउँदै आएको आरोप लगाए।
उनका अनुसार पीडितहरुले प्रत्येक जिल्लामा अनिश्चितकालिन अनशन कार्य सुरु गरिएको छ । संस्थाले सही स्थानमा लगानी नगर्दा धेरै समस्या उत्पन्न हुदै आएको उनको भनाई छ।
त्यसैगरि, बेलबारी नगरपालिका–५ का हुदया खवासले बचतकर्ताको हिसाब पारदर्शी नहुने गुनासो गरे । खवासले भने, ‘बचतकर्तालाई संस्था पारदर्शी रुपमा हिसाब दिदैनन् । पासबुक समेत शाखा कार्यालयमा केन्द्रीत गर्दै ऋणीको हिसाबमा गोलमाल गर्ने गरेका छन् ।’
पीडित संघर्ष समितिले किस्ता असुलका क्रममा समय पर्खन नसक्दा ऋणीहरु समस्यामा परेको जनाएको छ। जिल्ला प्रशासन कार्यालय मोरङ नजिक पहिलोदिन मंगलबार करिब १ सय ५० बढि पीडितहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post