फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोंले रुससँग सहकार्य गर्दै युक्रेन युद्ध रोक्न चिनियाँ समकक्षी सी चिनफिङलाई आग्रह गरेका छन् ।
बेइजिङ भ्रमणमा रहेका माक्रोंले सीसँगको पहिलो औपचारिक भेटमा रुसलाई वार्तामा फर्काउन आग्रह गरेका हुन् ।
हिजो बेइजिङ पुगेका माक्रोंले युरोप र चीनबीच राम्रो व्यापार र कूटनीतिक सम्बन्ध अपरिहार्य रहेको बताएका छन् । ताइवान र युक्रेन युद्धका विषयमा पश्चिमा देशहरुसँग फरक मत राख्ने चीन रुससँग निकट मानिन्छ ।
यसैबीच, चीन भ्रमणमै रहेकी युरोपेली युनियनकी प्रमुख उर्सुला भान डर लियनले चीनका प्रधानमन्त्री ली कस्याङसँग भेटवार्ता गरेकी छन् । प्रमुख लियनले माक्रों र सीसँग पनि बेइजिङमै भेटवार्ता गर्नेछिन् ।
उनको चीन भ्रमणको मुख्य उद्देश्य युरोप र चीनबीच चिसिएको सम्बन्ध सुधार गर्नु रहेको जनाइएको छ ।
Discussion about this post