इलाम । संसद भवन अगाडी आत्मदाह गरेका स्वर्गीय प्रेम प्रसाद आचार्यको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
दुई छोरीको पढाईका लागि बेल्जियममा बसोबास गर्ने नेपालीले संकलन गरी पठाएको पाँच लाख रुपियाँ हस्तान्तरण गरिएको हो ।
एक कार्यक्रममा ताप्लेजुङ घर भई बेल्जियममा बस्ने लोकेन्द्र नेपालको अगुवाईमा संकलन गरी पठाईएको पाँच लाख रकम स्वर्गीय आचार्यका छोरी आराध्या र आरोहीलाई प्रतिनिधिसभा सदस्य महेश बस्नेतले हस्तान्तरण गरेका हुन् । उक्त रकम आराध्या र आरोकीको माछापुच्रे बैंङको खातामा जम्मा गरीएको छ । उक्त रकम स्वर्गीय आचार्यका दुई छोरीको नागरिक्ता बने पछि मात्र झिक्न पाउने ब्यवस्था गरिएको छ । दुई छोरीलाई दुई लाख पचास हजारका दरले रकम उपलब्ध गराईएको छ । कार्यक्रममा स्वर्गीय आचार्यकी श्रीमती नानुका अधिकारी आचार्यको समेत उपस्थिति रहेको थियो ।
रकम हस्तान्तरण गर्दै प्रतिनिधि सभा सदस्य बस्नेतले दुई छोरीको शिक्षामा खर्च गर्ने गरी उक्त सहयोग रकम जुटाईएको जानकारी दिए । स्वर्गीय आचार्यले राज्यको नीतिबाट बिरक्तिएर आत्मदाह गरी गरेको बिद्रोहलाई राज्यले सम्बोध गर्नु पर्ने र दुई छोरीको लालनपालन र पढाईको जिम्मा राज्यले लिनु पर्ने बताए ।
Discussion about this post