विराटनगर । सुनसरीको बर्जु गाउँपालिकामा कार्यरत इन्जिनियर अजय मेहता घूस रकमसहित पक्राउ परेका छन् ।
उनलाई २० हजार रुपैयाँ घूससहित सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विराटनगरमा पक्राउ गरेको हो ।
आयोगका केन्द्रीय प्रवक्ता भोला दाहालका अनुसार घरनक्सा पास गर्ने कामका लागि सेवाग्राहीबाट घुस लिँदै गरेको अवस्थामा मेहतालाई विराटनगरको जामुनगाछीमा पक्राउ गरिएको हो ।
Discussion about this post