काठमाडौं । एकै दिन नेपालमा १ सय २४ जना कोभिड संक्रमित भेटिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार सोमबार २ हजार ५६६ जनामा गरिएको परीक्षणमा १२४ जना संक्रमित भेटिएका हुन्।
हाल देशभर ४ सय ४४ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै सोमबार २९ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
सक्रिय संक्रमितमध्ये हाल २१ जना संक्रमित संस्थागत आइसोलेसनमा छन्।
१० जना संक्रमितको आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
Discussion about this post