विराटनगर । विराटनगरका दुई पत्रकारलाई पत्रकार कल्याण कोष पुरस्कृत गरेको छ ।सोमबार नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्ष विक्रम निरौला र महासंघ कार्यसमिति सदस्य उषा सरदारलाई कोषले पुरस्कृत गरेको हो ।
बिबिसी नेपाली सेवा र उद्घोष दैनिकमा कार्यरत् निरौलालाई सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । पुरस्कारको राशी ५१ हजार १५१ रुपैयाँ छ । उदीयमान पत्रकारिता पुरस्कार सरदारलाई प्रदान गरिएको छ । पुरस्कार राशी ३१ हजार १५१ रुपैयाँ छ । सरदार मकालु टिभीकी संवाददाता हुन् ।
Discussion about this post