इटहरी । राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपालको अध्यक्षमा पुनः इटहरीका जगतबहादुर भट्टराई निर्वाचित भएका छन् ।
एसोसिएसनको प्रथम अधिवेशनले भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । अध्यक्षमा भट्टराई निर्विरोध रूपमा चयन हुँदा कृष्णबहादुर राउत वरिष्ठ उपाध्यक्षमा चयन भएका छन् ।
यस्तै, उपाध्यक्षमा बालगोपाल श्रेष्ठ, सरिता भन्डारी, डा. सञ्जीव कुमार यादव, संजय कुमार प्रसाद, दिल बहादुर श्रेष्ठ, डा. प्रफुल्लचन्द्र यादव, शालिकराम भुसाल, डा. शंकर प्रसाद रिजाल, र लोकराज भट्ट चयन भएका छन् ।
यस्तै, महासचिवमा हृदयनारायण चौधरी, सचिवमा नारायण खतिवडा, जयन्ती सिवाकोटी र कोषाध्यक्षमा सपना खत्री चयन भएका छन् भने सह–कोषाध्यक्षमा रामबाबू यादव चयन भएका छन् ।
Discussion about this post