झापा । कनकाई नगरपालिका–४ कोटीहोम घाट छेउमा रहेको छाप्रोमा पु¥याई महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले ४१ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर बोक्से घर भई हाल झापाको मेची नगरपालिका–११ धुलाबारी बिचार्नी बस्तै आएका ४१ वर्षीय चोलाराज भुजेल रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय अनारमनीले पक्राउ गरेको हो ।
पक्राउ परेका भुजेलले ति महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Discussion about this post