इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–८ स्थित भित्री सडकखण्डमा बुधबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ११ प ९५५५ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बिजुलीको पोलमा ठोक्किएर साँझ ६ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनामा मोटरसाइकल चालक इटहरी–१४ का अन्दाजी ३० वर्षीय उमेश चौधरीको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी राजकुमार राईले जानकारी दिए ।
उनका अनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा सामुदायिक अस्पताल हलगडामा साँझ ६ः४५ बजेतिर मृत्यु भएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनामा परेको पत्ता लागेको छ ।
Discussion about this post