पर्साबाट सशस्त्रले गर्यो गहुँ र कनिका बरामद

बुधबार, ३१ बैशाख २०८२

रौतहट : पर्साबाट सशस्त्र प्रहरीको टोलीले १ सय ६ बोरा गहुँ र २८ बोरा चामलको कनिका बरामद गरेको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हे.क्वा. पर्सा र प्रहरी सशस्त्र सुरक्षा गुल्म अलौबाट खटिएको संयुक्त टोलीले विन्दवासिनी गाउँपालिका–४ स्थित अमरपट्टि नाकाबाट बरामद गरेको हो ।

भारतबाट अवैध रूपमा भन्सार छली नेपाल भित्र्याइएको गहुँ र चामलको कनिका संयुक्त सुरक्षाकर्मी टोलीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहले जानकारी दिए ।

उनका अनुसार घरअगाडिको खेतमा जम्मा गरेर राखेकै अवस्थामा बरामद गरिएको हो । जसको बजार मूल्य २ लाख ३१ हजार २० रुपैयाँ बराबर रहेको जनाइएको छ । 

५३ क्विन्टल गहुँ  र ११ क्विन्टल ६४ केजी चामलको कनिका रहेको उल्लेख गर्दै उनले आवश्यक कारबाहीका लागि  वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको बताए । 

सशस्त्र प्रहरीले भारतबाट भन्सार नतिरी खाद्यान्न नेपाल भित्र्याउने क्रम बढिरहेको र त्यसलाई नियन्त्रण गर्न सीमा क्षेत्रमा कडाइ गरेको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार