उद्योग मन्त्री भण्डारीको भनाइ : "अब कालोपत्रे होइन, सेतो पत्रे सडक निर्माणमा ध्यान दिऔँ"

सोमबार, ०५ जेठ २०८२

काठमाडौं :  नेपाल सिमेन्ट उत्पादक संघद्वारा आयोजित ‘सिमेन्ट कन्क्लेभ’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले वातावरणमैत्री र दिगो विकास निर्माणमा जोड दिएका छन्।

उनले "अब कालोपत्रे होइन, सेतो पत्रे गरौ" भन्ने नारासहित सिमेन्टको प्रयोग बढाएर सडक निर्माण गर्नुपर्ने बताए।

नेपाल सिमेन्ट, गिट्टी, बालुवामा आत्मनिर्भर भएकाले स्वदेशी सामग्रीको प्रयोगले आयात घटाउने र टिकाउ संरचना बनाउन सकिने उनको भनाइ थियो।

मन्त्री भण्डारीले पहाडी क्षेत्रका कालोपत्रे सडकहरू चाँडै बिग्रिने उदाहरण दिँदै सेतो पत्रे सडक कम्तीमा १० वर्ष टिक्ने हुँदा दीर्घकालीन सोच अपनाउनुपर्ने बताए।

साथै, उनले आयात-निर्यात सन्तुलन सुधार्न उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा समेत जोड दिए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार