भोलिको मन्त्रिपरिषद बैठकमा डा. विश्व पौडेल राष्ट्रबैंकको गभर्नर नियुक्त हुने सम्भावना

आइतबार, ०४ जेठ २०८२

काठमाण्डौ : सरकारले नेपाल राष्ट्रबैंकको १८औं गभर्नरको नियुक्ति सोमबार बस्ने मन्त्रिपरिषद बैठकमार्फत गर्ने तयारी गरेको छ। प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार अर्थशास्त्री तथा कांग्रेस समर्थक डा. विश्व पौडेललाई गभर्नर नियुक्त गर्न लागिएको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवालयका एक  सदस्यका अनुसार सोमबार बिहान गभर्नर सिफारिस समितिको बैठक राखिएको छ जसबाट तीनजनाको नाम सिफारिस हुनेछ। तीमध्ये डा. पौडेलको नाम मन्त्रिपरिषदमा पठाइने र त्यही दिन बेलुकीको क्याबिनेट बैठकले उनको नियुक्तिमा निर्णय लिने योजना छ।

सूत्रहरूका अनुसार डा. पौडेलको नियुक्ति पश्चात अदालतमा चुनौती आउने सम्भावनालाई ध्यानमा राख्दै मंगलबार बिहानै पदबहाली तथा सपथ गराउने तयारी समेत गरिएको छ। अदालतमा मुद्दा दर्ता हुनु अघि नै सपथ गराएर गभर्नरको जिम्मेवारी ग्रहण गराउने रणनीति तय गरिएको छ।

यदि रातारात कुनै अप्रत्याशित राजनीतिक मोड आएको छैन भने, सोमबार मुलुकले नयाँ  गभर्नर पाउने सम्भावना बलियो देखिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार