घरायसी विवादमा हिंसात्मक रुप: सुन्दरहरैँचामा श्रीमानले गरे श्रीमतीमाथि कैँची प्रहार

बुधबार, १४ जेठ २०८२
सांकेतिक फाईल

विराटनगर । मोरङको सुन्दरहरैँचामा एक व्यक्तिले घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि कैँची प्रहार गरी घाइते बनाएका छन्।

प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–९ दीपेन्द्र चोकका ४२ वर्षीय खुर्सित आलमले दिउँसो करिब ४ बजे आफ्नी ३८ वर्षीया पत्नी इन्दिरा अधिकारी (खातुन)माथि कपडा काट्ने कैँचीले आक्रमण गरेका हुन्।

प्रहरीका अनुसार विवाद चर्किएपछि आलमले कैँची प्रयोग गरी श्रीमतीको शरीरका विभिन्न भागमा प्रहार गरेका थिए। घाइते इन्दिरालाई तत्काल सुकुना सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको र उनको अवस्था अहिले मध्यम रहेको जनाइएको छ।

घटनापछि फरार भएका खुर्सित आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै घटनामा प्रयोग गरिएको कैँची पनि बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार