सप्तकोशीमा बेपत्ता अर्का सशस्त्र जवानको पनि शव फेला

आइतबार, २५ जेठ २०८२

धरान : विपद् उद्धार अभ्यासका क्रममा गत बिहीबार सप्तकोसी नदीमा बेपत्ता भएका दुई जना सशस्त्र प्रहरी सुरक्षाकर्मीमध्ये एक जनाको शव शुक्रवार सप्तकोसी नदीको किनारमा भेटिएको थियो भने अर्को एक जनाको शव आज आइतबार भेटिएको छ । 

पर्सा दरबन्दी भई छिन्नामस्त बाहिनी मुख्यलयममा कार्यरत डोटीका सुरज साउदको आज कोशी ब्यारेजको ५५ नम्बरको ढोका नजिकै उनको सब भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दिए । 

बेपत्ता भएका साउदको खोजीमा सशस्त्र प्रहरी बलका गोताखोर र तालिम प्राप्त विपद् व्यवस्थापन टोली परिचालित गरी खोजी कार्य जारी गरिएको थियो । उनको सब आज बिहान करिब ११ बजे कुरिनटारबाट खटिएको सशस्त्र प्रहरीको टालीले शव निकालेको प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार