शेखर गुटको भेला विराटनगरमा, 'रिभाईप कांग्रेस’को आवश्यकतामा जोड

शनिबार, २४ जेठ २०८२

 

नेपाली काँग्रेसको वर्तमान अवस्था र भावी कार्यदिशालाई समेटेर नेपाली कांग्रेसकोे शेखर समूहले कोशी प्रदेशको राजधानी विराटनगरमा प्रदेशस्तरीय भेला गरेको छ । शुक्रवार कोइरालानिकट कांग्रेस केन्द्रीय सदस्य, प्रदेशसभा सदस्यका साथै जिल्ला सभापतिहरू समेत  विराटनगरमा भेला भएका हुन् । 

 

भेलाले १५औँ महाधिवेशन तोकिएकै समयमा हुनुपर्ने भन्दै दबाब बढाउने निर्णय समेत गरेको कांग्रेस नेता गुरुराज घिमिरेले जानकारी दिएका छन् । उनका अनुसार भेलामा १५ औँ महाधिवेशनको सुनिश्चितता, तीनै तहका सरकारमा कांग्रेस र उपलब्धिहरू, कोशी प्रदेशको सङ्गठन, चुनौतीहरू र समाधानका उपायहरूका विविध पक्षमा छलफल भएको छ ।

 

भेलाले ‘रि भिजिट बिपी, रिभाईप कांग्रेस’को नारामा केन्द्रित भएर पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको छ । अबको कांग्रेस चाल, चेहरा र चरित्र  सहितको काँग्रेसको आवस्यक्ता जरुरी रहेको उल्लेख गर्दै सहभागीहरूले त्यसमा केन्द्रित हुन नेतृत्व वर्गलाई आग्रह समेत गरेका छन् । 

 

नेपाली कांग्रेस विराटनगर महानगरपालिका सभापति दीपक चापागाईँ भन्छन्,‘सबैभन्दा ठुलो गुनासो चाहिँ एकपक्षीय रूपमा सबै निर्णयहरु भइरहेको छ र अर्को पक्षीयले पार्टी भित्र काम गर्नै नदिने अवस्था सृजना भएको छ ।’

 

भेलामा कोइराला पक्षीय नेता गुरुराज घिमिरे, प्रतिनिधिसभा सदस्य सरिता प्रसाईँ, कांग्रेस केन्द्रीय सदस्य राजीव कोइराला, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्की लगायतका नेताहरूको सहभागिता रहेको थियो । 

 

गुरुराज घिमिरे भन्छन्,‘पार्टीमा के हुनुपर्दथ्यो ? के भइरहेको छ ? आग्रह पूर्वाग्रह नराखी भेला गरेका हौँ । साङ्गठनिक अवस्थाबारे चर्चा गर्न पनि छलफलको आयोजना गरेका हौँ ।’

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार