दलित क्लस्टरबाट छविलाल विश्वकर्मा र टीकाराम बयलकोटी महाधिवेशन प्रतिनिधि

बुधबार, १७ मंसिर २०८२

झापा : नेकपा (एमाले) को महाधिवेशनका लागि झापामा दलित निर्वाचन क्लस्टरबाट  छविलाल विश्वकर्मा र टीकाराम बयलकोटी सर्वसम्मत रूपमा प्रतिनिधि चयन भएका छन्। दुई कोटाका लागि सातजनाले उम्मेदवारी दिएका भए पनि अन्ततः दलित क्लस्टरमा निर्वाचन नगरी सर्वसम्मत सहमति बनाइएको हो। 


दलित क्लस्टरमा छविलाल विश्वकर्मा, काशीराम विश्वकर्मा, कृष्ण कनाल, नीता घतानी, गोपाल विश्वकर्मा, टीकाराम बयलकोटी र भोला परियारले उम्मेदवारी दिएका थिए। 


अरू क्लस्टरमा प्रतिस्पर्धाबाट चयन भए पनि दलिततर्फ सहजीकरण समिति गठन गरी सहमतिको प्रक्रिया अगाडि बढाइएको थियो। उक्त समितिले अन्ततः छविलाल र टीकारामको नाममा सर्वसम्मति कायम गराउन सफल भएको हो।


यससँगै झापाबाट ३८ जना महाधिवेशन प्रतिनिधि चयन गर्ने प्रक्रिया पूरा भएको नेकपा एमाले झापाले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार