होटल गरिमा लिमिटेड र एनआईएमबी एस क्यापिटलबिच (आइपिओ) निष्कासन गर्ने रणनीतिक सम्झौता

शुक्रबार, २३ जेठ २०८२

काठमाडौँ : पूर्वी नेपालको प्रतिष्ठित पाँचतारे होटल ‘सोल्टी वेस्टेन्ड इटहरी’को स्वामित्वमा रहेको होटल गरिमा लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) प्रक्रिया अगाडि बढाउने उद्देश्यले एनआईएमबी एस क्यापिटल लिमिटेडसँग रणनीतिक सहकार्य सम्झौता गरेको छ।

राजधानीमा आयोजित औपचारिक कार्यक्रममा होटल गरिमा लिमिटेडका प्रबन्ध निर्देशक विनोद पौडेल र एनआईएमबी एस क्यापिटलका डेपुटी सिइओ सचिन्द्र ढुङ्गानाले ‘रोडम्याप टु आइपिओ’ सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार, एनआईएमबी एस क्यापिटलले होटल गरिमा लिमिटेडलाई नियामक निकायहरूसँग समन्वय, आइपिओ तयारी, र संस्थागत व्यवस्थापन सुदृढीकरणमा परामर्श तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ।

प्रबन्ध निर्देशक पौडेलले उक्त सम्झौतालाई “कम्पनीको पूँजी बजार प्रवेशका लागि कोसेढुंगा” भन्दै आतिथ्य क्षेत्रको पारदर्शिता र व्यावसायिक उत्कृष्टतामार्फत थप लगानी भित्र्याउने लक्ष्य रहेको बताए।

त्यस्तै,एनआईएमबी एस क्यापिटलका ढुङ्गानाले होटल गरिमा लिमिटेडको आइपिओ प्रक्रिया सफल बनाउन निरन्तर प्राविधिक मार्गदर्शन र रणनीतिक सल्लाह दिने प्रतिबद्धता जनाए।

यस सहकार्यले होटल गरिमा लिमिटेडलाई नेपाल पूँजी बजारमा सूचीकृत कम्पनीको रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास लिइएको छ। साथै, यसले कोशी प्रदेशको आतिथ्य तथा पर्यटन क्षेत्रमा लगानी विस्तार, पारदर्शिता अभिवृद्धि, र दिगो विकासमा समेत टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार