खोटाङ दुर्घटना अपडेट : मृतक र घाइते १८ जनाकै पहिचान खुल्यो (नामावलीसहित)

सोमबार, १९ साउन २०८२

विराटनगर । खोटाङको हलेसीबाट तीर्थयात्रा सकेर फर्किँदै गरेको यात्रुवाहक गाडी दुर्घटनामा परेर ज्यान गुमाउने महिलाको पहिचान खुलेको छ ।

मृतक सिरहा जिल्लाको नहरा गाउँपालिका–३ की अन्दाजी २५–३० वर्षीया ममतादेवी यादव रहेको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

दुर्घटनामा घाइते भएका १६ जनामध्ये १० जनालाई गम्भीर अवस्था भएपछि काठमाडौँस्थित ट्रमा सेन्टरमा रेफर गरिएको कोशी प्रदेश ट्राफिक प्रहरी कार्यालयका निमित्त ट्राफिक प्रहरी प्रमुख डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए ।

घाइतेमध्ये सिरहा नहरा–५ की ३९ वर्षीया रन्जिता यादव, ७० वर्षीया सुस्मवती यादव, र ७० वर्षीय राज यादवको अवस्था गम्भीर रहेको छ । अन्य ६ जना सामान्य घाइतेको उदयपुरको घुर्मी सामुदायिक अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

दुर्घटना लगत्तै गाडीका चालक सिरहा नगरपालिका–३ का २८ वर्षीय रामनाथ साह फरार रहेका छन् । उनको खोजी तथा घटनाको अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

 गाडी सिराहाबाट रिजर्भ लिएर खोटाङ गएको थियो । हलेसी मन्दिर दर्शनपछि रिजर्भका यात्रु बोकेर सिराहातर्फ फर्किँदै गरेको गाडी दुघटनामा परेको प्रहरीको भनाइ छ । 

विंगर गाडी प्रदेश २–०१–००१ ज ००५३ नम्बरको रहेकामा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ स्थित दौत्या खोलानजिक करिब २०० मिटर तल खसेको थियो । गाडी हलेसी दर्शन सकेर सिरहातर्फ फर्किँदै थियो ।

मृतक र घाइतेको नामावलीसहित 

१) जि.सिरहा नराह गा.पा ५ बस्ने मनोज यादवको श्रीमती बर्ष २५/३०कि ममतादेवी यादव (मृत्यु)

२) ऐ.ऐ. बस्ने वर्ष ३५/४० को राजु यादवको टाउको, दाहिने हातको औलामा र छातीमा चोट(ट्रमा सेन्टर काठमाडौँ रिफर )

३) ऐ.ऐ. बस्ने रामशरण ठाकुरको श्रीमती तत्काल नाम नखुलेको दाहिने खुट्टामा, आँखा र नाक भाँचिएको अवस्था बोल्न नसक्ने गम्भीर (ट्रमा सेन्टर काठमाडौँ रिफर )।

४) ऐ.ऐ. बस्ने वर्ष ३२ की सविता कुमारी यादव (ट्रमा सेन्टर काठमाडौँ रिफर )।

५) ऐ.ऐ. बस्ने वर्ष ४० की मिथिला कुमारी यादव(ट्रमा सेन्टर काठमाडौँ रिफर ) ।

६) जि.धनुषा सबेला न.पा ४ बस्ने वर्ष अं. ७९ को दुर्योधन यादव(ट्रमा सेन्टर काठमाडौँ रिफर ) ।

७) जि.सिरहा नरहा गा.पा.५ बलुवा वर्ष ३० की पुनम यादव(ट्रमा सेन्टर काठमाडौँ रिफर ) ।

८) ऐ.ऐ. बस्ने वर्ष अं. ३२ की लक्ष्मी शर्मा (ट्रमा सेन्टर काठमाडौँ रिफर )।

९) ऐ ऐ बस्ने वर्ष अं. ३२ को नदिन शर्मा (ट्रमा सेन्टर काठमाडौँ रिफर )।

१०) ऐ. २ बस्ने वर्ष ५७ को धनेश्वर यादव(ट्रमा सेन्टर काठमाडौँ रिफर ) ।

११) ऐ.ऐ. ५ बस्ने वर्ष झालु देवी यादव(ट्रमा सेन्टर काठमाडौँ रिफर ) ।

१२) जिल्ला सिराह नरहा गा.पा. वडा नं. ५ बलुवा बस्ने अं. वर्ष ३९ को रञ्जित यादवको दाहिने हातको औलामा सामान्य चोट अवस्था बोल्न सक्ने सामान्य(डिस्चार्ज)

१३) जिल्ला सिराह गोल बजार न.पा ६ बस्ने वर्ष अं. ३७ की शिला शर्मा(डिस्चार्ज)

१४) जिल्ला सिराह औरही गा.पा २ बस्ने मिना कुमारी शर्मा(डिस्चार्ज)

१५) जिल्ला सिराह नरहा गा.पा. वडा नं. ५ नदिन शर्माको छोरा बर्ष १० को शिबम शर्मा (डिस्चार्ज)

१६) जि.सिरहा नरहा गा.पा ५ बस्ने दिपेन्द्र यादव (डिस्चार्ज)

१७) ऐ.ऐ. बस्ने वर्ष ७० की कुस्मवती यादवको टाउकोमा चोट अवस्था बोल्न सक्ने(डिस्चार्ज) ।

१८) चालक  -   जि.सिरहा सिरहा न.पा ३ सारसोर बस्ने बर्ष २८ को रामनाथ साह(चालक) फरार

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार