काठमाडौँ : नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई छुट दिन नसकिने बताएका छन् ।
माओवादी पार्टी कार्यालय सरसफाई गर्ने क्रममा उनले पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतीक बनेको सिंहदरबार पनि जलाइएको भन्दै त्यस्तो मान्छेलाई कुनै पनि हालतमा छुट दिन नसक्ने बताए ।
उनले भने, ‘सबै ध्वस्त हुने गरी जलाइएको छ कतिपय सामान लुटिएको छ । सामानहरू पनि सबै तोडफोड गरिएको छ । सामानहरू कतिपय लुटेको छ । पार्टी कार्यालयको मात्र कुरा होइन राष्ट्रको प्रतीक बनेको सिंहदरबार जस्तो संस्थाहरू जलाउनेलाई हामीले कुनै पनि हालतमा छुट दिन सक्दैनौ ।’
यस्तै, उनले माओवादी अब जेनजीको मुद्रासँग मिलेर, आन्दोलनको उपलब्धिहरूलाई सफल पार्न अगाडि बढ्ने पनि बताए ।
उनले भने, ‘अब हामीले जे सङ्कल्प गरेका थियौँ कि हाम्रो पार्टीलाई रूपान्तरण र पुनर्गठन गरेर हामी त्यो लक्ष्यमा जान्छौ । जेनजीको मुद्रासँग मिलेर, त्यो आन्दोलनको उपलब्धिहरूलाई सफल पार्न हामी अगाडि बढ्छौ । हाम्रो सम्भावना छ, हामी जसरी उठ्नु पर्ने हो त्यसैगरि उठ्छौ ।’
प्रतिक्रिया