रवीन्द्र र धवलशम्शेरलाई जिल्ला अदालतको फैसला सदर गर्यो उच्चले

सोमबार, १९ साउन २०८२
File Photo

काठमाडौं : उच्च अदालत पाटनले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा। धवलशम्शेर राणालाई धरौटीमा रिहा गर्ने जिल्ला अदालतको आदेश सदर गरेको छ।

जिल्ला अदालत काठमाडौंले यसअघि उनीहरूलाई ३–३ लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

सो आदेशविरुद्ध सरकारी पक्षले उच्च अदालतमा पुनरावेदन गरेपनि सोमबार उच्च अदालतले जिल्ला अदालतको निर्णय यथावत् राख्ने आदेश दिएको हो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार